देउडा गजल

<span class='c1'>देउडा</span> <span class='c2'>गजल</span>

-शान्ति अधिकारी
लामाे लाया पाख्या भन्छन् छाेटाे लाउँ भन्ना छौँ
देउडा गाया काेहि बुझ्दैनन् हिन्दी इङलिस गाउँ भन्ना छौँ

छैट पैठ देउडा खेल खेल्न्या थला भया बाँझा
बाहिरका नाच गान सिक्न डिस्काे जाउँ भन्ना छौँ

दूध, दही ,घिउ, मह ,जौ ,गहुँ ,काेदाे, कमै ,फापर नखाउँ
रक्सी बियर चुराेट हुस्कि भाङ सुर्ति खाउँ भन्ना छौँ

म कन त हाम्रै देशकाे सब् चिज निकाे लाग्छ
तमि किन आफ्नाे छाेडि अर्का राउँ भन्ना छौँ

अँध्यारा झुपडी गाउँमा मन बस्दै बस्दैन
बाबाकाे खेत गडाे बेचि विदेश धाउँ भन्ना छौँ

तिलागुफा नगरपालिका-२ नाग्म,कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्