- सिन्धु निरौला
म सक्छु जिन्दगीभर पीडा सहेर बाच्न
पाए एकैपल भए पनि तिम्रो बनेर बाच्न
तिमीलाई म के भनु? भाग्य कि भगवान
कस्ले पाउछ र यहाँ मैले जस्तो मरेर बाच्न
फरक यत्ती मात्रै त हो नि तिमी र म मा
म त सक्दिन कहिल्यै अरुको भएर बाच्न
तिम्रै भएर म तिमीलाई मेरो भन्न नपाउनु
कति कठिन होला नदीलाई जलेर बाच्न