लबस्तरा

लबस्तरा

-सविना श्रेष्ठ
सर्वस्व नाङ्गो बनाएर
आमाको छातीको लुगा
च्यातेर स्तन देखाउँदै
सडकमा लम्पसार पारेकाछौं
र पनि तिमीहरुलाई लाज
छैन!

ए निर्दयी रावणहरू हो सीता हरे झैँ
आमाको अस्तित्व हरि सक्यौ
अझै बाँकी छ हर्न के??
सडकमा लम्पसार पारेर
लुटिसकेको इज्जत
अनि मान प्रतिष्ठान अझै बाँकी छ?
लुट छातीमाथि बाल आगो
अनि गर नाराबाजी उफ्र
अझै बाकी छ
थिल थिलोभएको नाङ्गो छातीमा
बाल टायर त्यहीँ आमाको
मज्यात्रो च्यातेर बनाएको
झन्डा बोकेर उफ्र अझै उफ्र
जति सक्छौ उफ्र
राक्षस हो उफ्र हिल्लामे
भएर बगेको छ रगत होलि
खेल्दै गर मुर्दा वाद मुर्दा वाद
तिमीले नै टेकेर योनीबाट
बगेको रगतले रङ्याउ तिम्रो
निधार!

बिजयको जुलुस निकाल
र खाऊ मासु र भात
त्यहीँ आमाको रक्त नलीबाट
निकाल रगत र प्यास मेटाऊ
राक्षस हो अझै बाँकी छ
थोरै ढुक ढुकी त्यो पनि
बेचेर खाऊ र रमाऊ
ताकी तिम्रो चिताको धुवाँले
पनि हाँस्दै हाँस्दै जावस
आकाशको माथि माथि
लबस्तराहरुको!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्