पथरीमा १५ वर्षीया बालिका हत्या प्रकरण : प्रेममा बैमनश्यताको आशंका, प्रहरी भन्छ–भरे–भोलिसम्ममा निचोड

पथरीमा १५ वर्षीया बालिका हत्या प्रकरण : प्रेममा बैमनश्यताको आशंका, प्रहरी भन्छ–भरे–भोलिसम्ममा निचोड

विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलस्थित मामा घरमा बस्दै आएकी १५ वर्षीया बालिकाको हत्याको अनुसन्धानमा प्रहरी नजिक पुगेको छ । मामाको छोरा दाजु विनोद राईको घरमा बसेर कक्षा ७ मा पढ्दै आएकी ज्ञानुकुमारी राईको हत्या मायाप्रेमका कारण भएको संभावना नजिक पुगिएको प्रहरीले बताएको छ ।

खोटाङको अ‍ैसेलुखर्क–६ घर भएकी उनी दुई वर्षदेखि दाजुको घरमा बस्दै आएकी थिइन् । पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनको हत्या प्रेम सम्बन्धमा देखिएको बैमश्यताका कारण भएको हुनसक्ने आशंका गरिएको छ ।
ठ्याक्कै संलग्न पक्राउ गरेको भनेर भनिहाल्न मिल्ने अवस्था छैन तर हामी घटनाको अनुसन्धान नजिक पुगिसकेका छौं, मोरङ प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले भने–घटना चाँहि प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको छ ।

मृतका दाजु विनोद नास्ता पसल सञ्चालन गर्दै आएका थिए । पसलमा सहयोग पनि गर्ने र पढ्ने पनि काम गर्दै आएकी ज्ञानकुमारीको सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कोठाबाट बाहिर रहेको शौचालय जाने क्रममा हत्या भएको देखिएको छ । योजनामा हत्या भएको हुनसक्ने आशंका गरिएको छ, प्रहरी नायव उपरीक्षक दाहालले भने–भरे–भोलिसम्ममा हामीले यसको बारेमा निचोड निकाल्न सक्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्