बालिका हत्या आरोपमा एकजना पक्राउ

बालिका हत्या आरोपमा एकजना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।

बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट प्रहरीले पक्राउ गरेको हो । घटना घटाउनु कारण खुलिनसकेको बताएको प्रहरीले केहिबेरपछि संलग्न आरोपीलाई सार्वजानिक गर्ने तयारी गरेको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा बसेर पढ्दै आएकी थिइन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले एकजना पक्राउ गरेर अनुसन्धान भईरहेको जानकारी दिएका छन् । उनले पक्राउ परेका व्यक्तिका विषयमा अहिले नै संलग्न यकिन भईनसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्