एआई लुक्समा ‘महाजात्रा’का कलाकार

<span class='c1'>एआई लुक्समा</span> <span class='c2'>‘महाजात्रा’का कलाकार</span>

काठमाडौं । विश्वमा झैं नेपालमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को लोकप्रियता बढ्दो छ । यो प्रविधिको प्रयोग अब फिल्ममा पनि हुन थालेको छ ।

आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’का प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको एआई क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

यी कलाकारलाई फिल्मको कथावस्तुसँग सुहाउने गरी पैसा र सुन मोहमा रमाएको देखाइएको छ । षट्कोण आट्र्सको निर्माण गरेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्म ‘महाजात्रा’ अघिल्ला दुई फिल्म ‘जात्रा’ र ‘जात्रैजात्रा’को तेस्रो सिरिज हो । निर्देशक भट्टराईले जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिलममा प्रस्तुत गरिएको बताए ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्