स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४औँ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा इल्के गुन्डोगन गोल गर्न चुकेपछि अग्रता बनाउने अवसर गुमाएको थियो ।
बार्सिलोनाका लागि युवा स्टार लामाइन यमलले गरेको गोल नै निर्णायक बन्यो । गोलरहित बराबरीतर्फ उन्मुख खेलमा उनले ७३ औं मिनेटमा गोल गरेका हुन् । १६ वर्षिय यमलले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सिलोनाको खडेरी तोडेका थिए ।
जितसँगै तालिकामा ३ अंक थपेको बार्सिलोना २८ खेलबाट ६१ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको रियल मड्रिड ६६ अंकका साथ शीर्ष स्थानमा छ ।

यसैगरी ५९ अंकका साथ जिरोना तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्