आज अमेरिकी डलरस्थिर हुँदा पाउण्डको भाउ बढ्यो

<span class='c1'>आज अमेरिकी डलरस्थिर हुँदा</span> <span class='c2'>पाउण्डको भाउ बढ्यो</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा तोक्दा बिक्री दर १७० रुपैयाँ ३२ पैसा पुगेकोछ छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९ रुपैयाँ ३९ पैसा कायम थियो ।
आज कतारी रियाल हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्