गुहार

गुहार

-अस्मिता साह
आज फेरि एउटा अपराध घटिएको छ
सोसल मिडियामा चर्चा को विषय बनिएको छ
बाबाको एकमात्र आशको स्तम्भ भत्काइएको छ
आमाको मुटुको टुक्रा काटी फ्यालिएको छ

फक्रन लागिएको फुल निमोठिएको छ
हत्या कि आत्महत्या प्रश्न मा अल्झिएको छ
आत्महत्या हो भने किन सबै प्रमाणलाई लुकाउन खोजिएको छ ?
परिवारलाई मृत्युको खबर किन ढिलाईले गरिएको छ

हत्या हो भने किन सुसाइड नोट बैनिको कोठामा भेटाएको छ?
अनि मेडिकल रिपोर्टमा आत्महत्या बताएको छ?
के न्याय देवीको तराजु आफ्नो तर्फ गर्न पैसाको भार दिइएको छ?
आजभोलि खुब यो विषय आगो झैँ सल्किएको छ

तर विस्तारै दुइदिने शोक सभा र रेस्ट इन पिस् भन्दै सेलाइने छ
अपराधीले बारम्बार अपराध गर्ने मौका पाउने छ
पिडितले न्यायको आश गर्न पनि छाड्नु पर्ने छ
कठै हाम्रो देशको कानुन यस्ता कतिपय घटनामा
हाम्री निर्दोष चेलिबेटी मारिदै आएकी छ
न्याय पाउ गुहार छ न्याय पाउ गुहार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्