मुक्तक

मुक्तक

-पारस भट्ट "प्यासी "
मुक्तक १ :
बाहिर रुप गोरो मन भएका कालो यो गाउँमा छन्
हावाहुरी , बाढी , पहिरो , भुइचालो यो गाउँमा छन्
राम्रो बोल्ने राम्रो गर्ने त सधैं नराम्रो हुन्छ के गर्नु,
घर घरको चोरी खाने ढाडे बिरालो यो गाउँमा छन्!

मुक्तक २ :
परिश्रम, सत्य कर्म गरि पसिनाको फल गन्न सकु
सहिलाइ सहि गलतलाई गलत हो सधैं भन्न सकु
मलाइ जस्ले जे जस्तो भनेपनी जस्तो सुकै गरेपनी,
यो समाजको लागि म एक साहासी बाघ बन्न सकु!

मुक्तक ३ :
ए दुख्खी जनताहरुहो हँ किन बोल्दैनौ डरेर हुन्छ?
सुख ,सुबिधा साधन लुटेराहरुलाइ मात्रैभएर हुन्छ?
लुटेराहरुहो भनुहोस् त गाउँ समाज देश परिवर्तन,
झुटा आश्वासन जनताहरुलाइ यसरी ठगेर हुन्छ!?

मुक्तक ४ :
दुखेको छ आत्मा पनि जीवन खलबलिएको छ
खै किन होला प्रभु मेरो यो मन खलबलिएको छ
दिनरात मनमा आउँछन् नकारात्मक कुराहरु मात्रै,
केके सोच्छ मेरो दिमाग झन खलबलिएको छ!

सुदुरपश्चिम,बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्