हृदयका ध्वनी

हृदयका ध्वनी

-इशु पन्त
भऱ्याङ चढ्दै चढ्दै चिप्लियो भने माथि उक्साउनु,
अनि आँखा अघिका सपना परिपक्क गर्न अघि बढ्नु।
मनमा गुमसिएका भावना खोतल्दै,
वर्तमान र भूतलाई तुलना गर्दै।

म आँखा भरीका आँसू रोक्छु,
र मिठास मुस्कानलाई खोज्छु।
अब बलेसीमा बसेर होईन,
म अन्तै गई सपनालाई बुन्छु।

सडकमा गाडी गुडे झै,
आकाशमा पन्छि उडे झै,
मलाई यी मेरा सपनाका गाडी उडाउनु र गुडाउनु छ।

मनमग्न दृश्य हेर्न थुप्रो खुड्किला पार गर्नु पर्ने,
अनेकौ सोच बर्सिनु पर्ने।
त्यही नि चर्को धुन सुनी ओछ्यानबाट बिउझिनु पर्छ,
भन्छ मेरा हृदयका ध्वनी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्