किन म ?

किन म ?

-कौशल न्यौपाने (अनित्य)
किन हरबखत
जो कोही म को हुँ भनेर खोज्छ
किन वास्ता गर्दैन
आफ्नो अस्तित्वको ?
के
कसैको अस्तित्व मूल्यवान छैन

आज
एक्कासी मेरो मनमा
प्रश्न खडा भयो
किन म ?
मेरो अस्तित्व के ?

के
मेरो जन्म मृत्युको लागि मात्र भएको हो ?
कि बस्न
सपनाका रहर
पुरा गर्ने दिनको
पर्खाइमा ।।

यदि हो भने
मेरो उपस्थिति र
अनुपस्थितिमा
फरक के ?

के मेरो अस्तित्व
कसैलाई आफूसँगै
क्षण भरका लागी
बस्न
अनुरोध गर्दै
हात फैलाउनु हो ?

म किन ?
प्रश्नको उत्तर
आदिमै पूर्णविराम
लाग्दछ भने

जिवनमा सफलताको मूल्य के ?
अनि
समाजमा बस्नुको आधार के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्