झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

काठमाडौं । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको खेलमा चार पटकको झापा गोल्ड कपको उपाधि विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ।
प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० विभिन्न टिमले सहभागिता जनाएका थिए ।

फाइनल खेलको विजेताले नगद १३ लाखसहित ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्