छात्रामाथि आक्रमण गर्ने होस्टेल सञ्चालक मधु रेग्मीलाई पक्राउ गर्न स्ववियुको माग

छात्रामाथि आक्रमण गर्ने होस्टेल सञ्चालक मधु रेग्मीलाई पक्राउ गर्न स्ववियुको माग

विराटनगर । मुनलाइट गल्र्स होस्टल सञ्चालक मधु रेग्मीले विद्यार्थीहरुलाई गरेको अमानवीय व्यवहारप्रति स्वतन्त्र विद्यार्थी युनियन नर्सिङ क्याम्पस इकाई समितिले तत्काल पक्राउ गरी कानुनी कारवाही अगाडी बढाउन माग गरेको छ । विराटनगर नर्सिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले बुधबार विज्ञप्ती प्रकाशित गर्दै होस्टल सञ्चालक रेग्मीलाई कारबाहीको दायरमा ल्याउन माग गरेको हो । दोषिलाई कारबाहिको दायरामा नल्याए स्ववियू प्रतिरोधमा उत्रने समेत चेतावनी दिइएको छ ।

‘हिजो मिति २०८० फाल्गुन २९ गते विराटनगर महानगरपालिका वडा नं. ८ मधुमारा स्थित मुनलाइट र्गल्स होस्टल संचालिका मधु रेग्मीले विद्यार्थीहरुलाई गरेको अमानविय व्यवहार प्रति स्ववियू घोर निन्दा र भर्सना गर्दछ । विराटनगर नर्सिङ क्याम्पसका प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरु क्याम्पसको होस्टेलमा पर्याप्त कोठाको व्यवस्थापन नहुन्जेलसम्मका लागि बाहिरी होस्टलमा बस्दै आईरहेका थिए । क्याम्पसले चाँडै होस्टेलमा कोठाको व्यवस्थापन गरि विद्यार्थीहरुलाई स्थानान्तरण गर्ने सुचना प्रकाशन गरे बमोजिम विद्यार्थीहरुले चैत महिनाको रकम अग्रिम बुझाउन नसक्ने जानकारी गराएका थिए ।

तर, होस्टेल संचालिकाले विद्यार्थीलाई डर, धम्कि देखाउदै चैत महिनाको अग्रिम रकम बुझाउन दबाब दिदै गालि गलौज गर्ने, अपशब्द बोल्दै हातपात गर्ने र सरसामान बाहिर फाल्ने जस्ता अमानविय व्यबहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ स्ववियु सभापति प्रशंसा पौडेलको विज्ञप्तीमा सञ्चालक रेग्मीले विद्यार्थीमाथि गरेको दुव्र्यवहारको घटना भिडियोमा समेत प्रष्ट देखिने उल्लेख छ ।

देशका विभिन्न स्थानदेखि अभिभावक बाट टाढा अध्ययन गर्न आएका विद्यार्थीहरु उक्त घटनाबाट त्रसित भई बेहोस समेत भएको स्ववियुको दावी छ । अपराधिक कार्यमा संलग्न होस्टेल संचालकालाई तत्काल प्रकाउ गरि हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष माग समेत गरिएको छ । दोषिलाई कारबाहीको दायरामा नल्याए स्ववियू प्रतिरोधमा उत्रने चेतावनी दिन समेत विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्