होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा

होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा परेकी छिन् । आफ्नो होस्टेलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुव्यवहार गरेको भिडियो सार्वजानिक भएपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको हो ।

उनलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने चौतर्र्फी दवाव छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जाहेरी आउने क्रममा रहेपनि त्यस अगाडी नै सञ्चालक रेग्मी प्रहरी निगरानी भित्र रहेको जानकारी दिइएका छन् । उनले जाहेरी आएपछि मुद्दाको प्रकृति हेरेर अनुसन्धान सुरु हुने जानकारी दिएका हुन् ।

रेग्मीले विराटनगर–८ स्थित होस्टेल सञ्चालन गर्दै आएकी थिइन् । पछिल्लो समय भाडाको घरमा नयाँ होस्टल सञ्चालन गर्दै थिइन् । उनलाई काठमाण्डौं जानुपर्ने पैसा चाहिएपछि चैतको समेत एड्भान्स मागेर छात्रामाथि दुव्यवहार गरेको भिडियोमा देखिन्छ । छात्राले तत्काल दिन नसक्ने आशयसहितका कुरा मात्रै राखेको देखिन्छ । तर, त्यति भन्दा मात्रै रेग्मीले जर्बरजस्ती गरेर किताब, लुगा तथा ओछ्यान फ्याँकेको थिइन् । त्यसपछि उनलाई सम्झाउन खोज्दै गरेको पनि देखिन्छ । बारम्बार ‘निस्केर जा, तँ निस्केर जा’ जस्ता शब्द प्रयोग गर्दै रेग्मीले किताब तथा कपडा फ्याँकिरहेको बेला छात्रालाई झापडले हिर्काएको देखिन्छ । त्यसबेला छात्राले ‘आमा’ पुकार्दै आफ्नो साथीसँग अंगालोमा बेरिएको दृष्य भिडियोमा देखिन्छ ।

विराटनगर–८ का रेग्मी परिवार सालिन र पुराना राजनीतिक परिवार पनि हुन् । रेग्मीले सञ्चालन गरेको होस्टलमा नर्सिङ पढ्दै गरेकी छात्राहरु पुग्नुमा पनि विराटनगर नर्सिङ क्याम्पस प्रशासनका कोहि न कोहि सँग कनेक्सनले काम गर्ने गरेको छ । विद्यार्थीलाई निजी होस्टेलमा पठाउँदा त्यहाँबाट हुन सक्ने लाभलाई आंकलन गरेर साझेदारीमै विद्यार्थी पठाउने चलन रहेको कतिपयले आशंका गरेका छन् ।
घटनाको विषयमा स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै अमानवीय व्यवहार गर्ने महिलामाथि कारवाही माग गरिसकेको छ । यस घटनामा विद्यार्थी संघ संगठनले समेत चासो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्