गजल

गजल

-किस्मत खतिवडा
कसैले लेख्ने गितमा जस्तो, कथामा जस्तो
नहुन सक्छ सबैको जिन्दगी पर्दामा जस्तो

मृत्यु बाहेक सबथोक किन्न सकिन्छ महोदय
त्यस्तो कुनै बस्तुमा छैन तागत पैसामा जस्तो

छिनमा बोलि फेर्छौ, छिनमै सोचाइ बदल्छौ
तिमीमा पनि केहि गुण देखिन्छ नेतामा जस्तो

परिवारको दायित्व र जिम्मेवारीले थिचेपछि
डुल्ने, घुम्ने, रमाउने सबै हरायो बच्चामा जस्तो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्