गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दीपा तिम्सिना पौडेल
पागलको उपमा पाएको हो आज प्यार गरेर
ऊ फस्टाएको छ रे सुन्छु मायाकै व्यापार गरेर

मै हो भन्नेले पनि मर्नु त पर्छ एकदिन पक्कै
अघि बढ्नुछैन दुर्बलहरू माथि अत्यचार गरेर

दौडिएको समय पनि फेरि काँटामा पुग्छ त्यहीँ
के गर्छु सोच्छौ,समयका पछि दौडने हतार गरेर

ती बोलीका बाणले पलपल मरिरहेको छु
फरक पर्दैन मलाई पछाडिबाट छुरा प्रहार गरेर

आखिर आफैं नै मुटु झिकेर दिएको मान्छे हौ
थाक्दैनन् यी नयन कहिल्यै तिम्रो इन्तजार गरेर।

ईलाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्