दुर्गा प्रसाँईका दुईजना बडिगार्ड भनिएकाहरु सर्वोच्च अदालतमा हतियारसहित पक्राउ

दुर्गा प्रसाँईका दुईजना बडिगार्ड भनिएकाहरु सर्वोच्च अदालतमा हतियारसहित पक्राउ

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्। सर्वोच्च अदालत पुगेका दुई जनालाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रसाँईका बडिगार्ड भनेर राखिएका दीपक खड्का र रामकुमार धिमाल हुन् । बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रमा बन्दुक भेटिएको थियो ।

सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा बन्दुक भेटिएको हो । ठूले स्वीडेन लेखिएको कालो झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्