स्टाफ नर्स हत्या प्रकरण : कर्तव्य ज्यान र आत्माहत्या मुद्दा अदालत पुग्छ

स्टाफ नर्स हत्या प्रकरण : कर्तव्य ज्यान र आत्माहत्या मुद्दा अदालत पुग्छ

विराटनगर । प्रेममा धोका खाएको आक्रोशमा सिरहाको लहान–२१ मोतीपुरका शिवशंकर दासले फुल्काहकट्टी नगरपालिका घर भई नोबेलमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या गरे । बिहीबार उनले विराटनगर–४ स्थित बुढाथोकी मार्गमा रहेको एक घरभित्र हत्या गरिदिए । डेरा बसेर नोबेलमा कार्यरत उनीसँग प्रेमी भनिएका शिवशंकर निर्मम बने । तर, निर्मम देखिएका शिवशंकर पनि आइतबार साँझ चन्द्रिकाको हत्या गरे नजिकै आत्माहत्या गरेको अवस्थामा फेला परे ।

घटनापछि अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शिवशंकर जोगबनी हुँदै दिल्ली नजिक पुगेका थिए । उनी शनिबार पुनः फकिएका थिए । आइतबार बिहान उनी जोगबनीबाट ११ बजे होटल फाइनमा कोठा बुक गर्न पुगेका थिए । होटलको १०२ नम्बर कोठामा बसेका उनले दिदीलाई भिडियो कल गरे, अनि डोरी लगायतको वस्तु खरिद गरेर आफैं ल्याए, मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले भने–मर्नु अगाडी उसले रक्सी पीएको छ, त्यसपछि उ झुण्डिएको देखिन्छ ।

नर्स चन्द्रिकाको कर्तव्य ज्यानमा अनुसन्धान गरिरहेको प्रहरीका लागि एकै पटक दुई मुद्दाको सहज अवतरण भईदियो । हत्यामा संलग्न भएको आफ्नै स्वीकार र त्यसपछि घटनामा संलग्न आत्माहत्या भएप्छि प्रहरीले यो घटनामा दुई मुद्दाको अनुसन्धान प्रतिवेदन हद म्याद भित्र सरकारी वकिलको कार्यालयमा बुझाउने छ । प्रहरी नायव उपरीक्षक दाहालका अनुसार हदम्याद भित्र कर्तव्य ज्यान कसुरको मुद्दा अदालतमा पेस हुन्छ । अदालतले प्रतिवादी मृत भईसकेको मुद्दामा कुनै आदेश दिईनरनु पर्दैन । हत्यामा संलग्नको मृत्यु भएसँगै मुद्दा समेत सकिने भएकोले बाँकी कुरामा प्रहरीले ध्यान दिइरहनु नपर्ने देखिन्छ, प्रहरी नायव उपरीक्षक दाहालले भने–कर्तव्य ज्यानसँगै आत्माहत्याको मुद्दा समेत हदम्याद भित्र अदालतमा जान्छ । आत्माहत्याको मुद्दा दुईवर्षसम्म रहन्छ ।

नसै दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका शिवशंकरले आफ्नो हत्या झुण्डिएर गराएको अवस्थामा होटलको कोठा भित्र फेला परेको हो ।
प्रहरीका अनुसार शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिका कुमारीसँगको सम्बन्धमा दुरी बढ्दै थियो । तर, घटनाको भित्री पाटो भने अझै रहस्यमा देखिएको छ । शिवशंकरले चन्द्रिकालाई भेटेपछि मार्नैपर्ने कारण बारे अब सम्बन्धित व्यक्ति नै नभएपछि खुल्न सक्ने देखिदैन । चन्द्रिकाको अर्कै युवकसँग प्रेम रहेको कुराले मात्रै उनलाई यति आक्रोश र निर्मम बनायो की उनले विदेशमा बसेर चन्द्रिकामा लगानी पनि गरेका थिए भन्ने कुरा अझै यकिन हुन सकेको छैन ।

शिवशंकर २७ फागुनमा मेलेसियाबाट काठमाण्डौं फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको भनिएको छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामै पुगेर बसेको देखिएको छ । त्यसपछि उनले चन्द्रिकाकै डेरा भित्रको किचनमा रहेको कटर प्रयोग गरेर हत्या गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्