फिल्म ‘महाजात्रा’को पर्खाइमा दर्शक

फिल्म ‘महाजात्रा’को पर्खाइमा दर्शक

विराटनगर । यही चैत ९ गते शुक्रबारदेखी देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को पर्खाइमा दर्शकहरु रहेका छन् ।

महाजात्राको टोली देशभर प्रचारप्रसारपछि काठमाडौंमा पुगेर सञ्चाकर्मीहरुसँगको अन्तक्रिया गर्नेदेखी प्रिमियर-शो का सम्पुर्ण कामहरु भईरहेका छन् ।

फिल्म निर्माण पक्षसहित देश दौडाहामा निस्कीएका फिल्मका मुख्य कलाकारहरु पश्चिम पोखरादेखी पूर्वी विराटनगर, धरान, ईटहरी बिर्तामोडबाट राजधानी फर्किएको टोली यतिबेला फिल्म हलमा चलाउन मात्र बाँकी रहेको निर्माण टिमले जनाएको छ ।

यस वर्षकै बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’को ग्रान्ड प्रिमियर सम्पन्न समेत भईसकेको छ । मंगलबार काठमाडौंको सिभिल मलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रिमियर शो पस्चात बुकिङ खुल्ला समेत गरिएको छ । दर्शकले चलचित्रको टिकट खरिद गर्न थालेका छन् भने चलचित्रलाई मल्टिपिलेक्स तथा सिंगल थियटरमा राम्रो शो मिलिसकेको छ ।

चलचित्रले आक्रमक व्यापार गर्ने अनुमान पनि गरिएको छ । प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माताको रुपमा रहेका छन्। भने रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । मित्र डि गुरुङले चलचित्र सम्पादन गरेका हुन्। चलचित्रको पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेको छ ।

टीमका अनुसार ‘जात्रा’ र ‘जात्रैजात्रा’ को अपार सफलतापछि चलचित्रको अर्को सिक्वेल महाजात्रा निमार्ण गरिएको हो । चलचित्रमा देशको वर्तमान राजनीतिक परिवेश, आर्थिक मन्दी र बेरोजगारीको समस्या लगायतका बिषयवस्तुलाई समेटन खोजिएको छ । चलचित्रले देशको समसामयिक मुद्दालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्नेे प्रयास गरेको हाँस्य कलाकार हरिवंश आचार्यले देश दौरानको क्रममा बताएका छन्।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया, वर्षा राउत र राजाराम पौडेल लगायतका कलाकारहरुले मुख्य भुमिका छ । चलचित्रमा विगतका दुई सिक्वेलमा गरिएका स–साना कमी कमजोरीलाई समेत सच्याएर लैजाने प्रयास गरिएको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाको भनाई छ । अबको २ दिनपछि देश तथा विदेशमा एकैसाथ प्रर्दशन हुन लागिरहेको चलचित्र महाजात्रा हेर्नको लागि आम दर्शकहरु आतुर छन् । त्यति मात्र हैन हलहरु पनि फिल्म शोको पर्खाईमा बसेका छन् ।

‘महाजात्रा’ सिक्वेलको पहिलो चलचित्र ‘जात्रा’ ७ वर्षअघि २०७३ कात्र्तिक २६ गते प्रर्दशन भएको थियो । चलचित्रको दोश्रो सिक्वेल ‘जात्रैजात्रा’ भने २०७६ जेठ ३ गते देशैभरि प्रर्दशनमा आएको थियो । जसले राम्रै व्यापार गरेर फिल्म निर्माण टिमलाई मात्र हैन कलाकारहरुलाई समेत सन्तुष्ट पारेर तेस्रो सिक्वेल बनाउन निर्माण टिम आज यहाँ सम्म आईपुग्यो । तर जे होस अबको दुईदिन पछि प्रदर्शनमा आउन लागेको तेस्रो सिक्वेल ‘महाजात्रा’ ले भने के गर्ने हो त्यो हेर्न भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्