शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’लाई उच्च शो

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’लाई उच्च शो

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका फिल्म हलले उच्च शो दिएका छन् ।

मंगलबार साँझ गरिएको प्रिमियर र त्यसबाट प्राप्त प्रतिक्रियासँगै फिल्मको ब्राण्डले निर्माण गरेको हाइपका आधारमा हलले उच्च शो दिएका हुन् ।

मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ६७ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ५ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ५ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ७ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, बिर्तामोडमा ५ शो, वीरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ५ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ७ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ९ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ५ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ शो र कालिमाटीमा ७ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ५ शो, बानेश्वरमा रहेको आइएनआईमा ५ शो र बुटवलमा रहेको आइएनआइमा ५ शो दिएको छ ।

फिल्मका लेखक तथा निर्देशन प्रदीप भट्टराईले अघिल्ला दुई सिरिज ‘जात्रा’ र ‘जात्रै जात्रा’को बक्सअफिस सफलता र त्यसको ब्राण्ड भ्यालूले बनाएको ‘महाजात्रा’ले उच्च शो पाउनु खुशीको कुरा भएको बताए । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्