फिल्म ‘मनसरा’को टिजरमा शंका र आकर्षण

फिल्म ‘मनसरा’को टिजरमा शंका र आकर्षण

काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन् ।

टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ । टिजरमा मिरुनाको छोरालाई प्रवीणले स्कुल पु¥याउने गरेको र प्रवीण मिरुनासँग नजिक हुन खोजेको देखाइएको छ । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्ममा दया, मिरुना, प्रवीण तथा मेनुकासँगै हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । फिल्ममा छायाकार शैलेन्द्रध्वज कार्की निर्माता छन् भने विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बू थाक्लुङ सह–निर्माता छन् । फिल्म ‘जारी’ पछि ‘मनसरा’ उपेन्द्रको दोस्रो निर्देशकीय फिल्म हो ।
फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्