मोरङमा फैसला कार्यान्वयनमा अप्रेशन चिताहा : एक महिनामा ३६१ जना प्रहरी नियन्त्रणमा

मोरङमा फैसला कार्यान्वयनमा अप्रेशन चिताहा : एक महिनामा ३६१ जना प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले फैसला कार्यान्वयनमा एक महिनाको अवधिमा देशैभरीमा उत्कृष्ट सफलता हाँसिल गरेको छ । समाजमा दण्डहिनताको अन्त्य र कानुनको परिपालनामा सकारात्मक सन्देश प्रवाह गर्न फागुन १४ गतेदेखि यताको अवधिमा जिल्लाभरबाट ३६१ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा फागुन ७ गते प्रहरी उपरीक्षक नवराज कार्कीले प्रमुखको जिम्मेवारी सम्हालेपछि १४ गते अप्रेशन चिताह टोली गठन गरेर जिल्लाभर परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक कार्कीका अनुसार अदालतबाट दोषी प्रमाणित भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका व्यक्तिहरुको खोजतलास कारबाही तीव्र पारिएको थियो ।

अपराधपछि दोषी ठहर भएका व्यक्तिहरुका कारण समाजमा नकारात्मक सन्देश जानसक्ने र अपराधमा पश्रय मिल्ने सम्भावना आंकलन गर्दै प्रहरी टोली परिचालन गरिएको उपरीक्षक कार्कीले जानकारी दिए । अपराधमा दोषी ठहर भएका व्यक्तिहरु समाज हुँदा सामाजिक मनोविज्ञान नकारात्मक पर्ने भएकोले अप्रेशन टोली गठन गरेर परिचालन गरिएको कार्कीको दाबी छ । पक्राउ परेकाहरुलाई अदालत दाखिला गरिएपछि उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्