सीमातीत सम्बन्ध !

<span class='c1'>सीमातीत सम्बन्ध</span> <span class='c2'>!</span>

-लक्ष्मी रायमाझी
विभाजित छ परिभाषा
विवादित पनि
हरेक शब्दशब्दको
साइनोको अर्थमा
गाँठो बाँधिन नसक्दा

आमा- प्रेम ममता
बाबा- त्याग बलिदान
दिदीबहिनी- स्नेहीसाथ
दाजुभाइ- एकताशक्ति
साथी- समर्थन
श्रीमानश्रीमती- आत्मीयता
स्वार्थोन्मुख सन्तुष्टि पनि
इष्टमित्र- सहयोग सद्भाव
यी सबै मान्यताहरू हुन्
परिवर्तनीय आयाममा
अपवाद जे पनि हुन सक्छ

रुचि
अरुचिभन्दा माथि उठ्न सक्यो भने
परिधिमा कसक्क बाँधिन्छन्
सम्बन्धहरू सपक्क भएर आफैँ

जिद्दी
र ढिपीले मात्र छरिने हो
असरल्ल सबैको सम्मुख
जो लाज बनेर थापिन्छ
बजारभरि सडेको आलु
या त्यस्तै केही नगन्य जिनिस्

महत्व घट्छ
मूल्यवान बस्तुको
मूल्यहीन भएर
जोगाउँन नसक्दा
आफ्नो अस्तित्व
परिभाषाभित्र
अटाउन नसक्दा परिवेश।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्