गजल

गजल

-सविना श्रेष्ठ
तिमी र म रमाउने छुट्टै शहर पठाएको छु
खाली सिउँदो रङग्याउँने रहर पठाएको छु

दुई मुटु एक भएको दिन पक्कै खास होला
सातौँ जुनिसम्म नछाड्ने ठहर पठाएको छु

दुनियाँले जे जे पनि भन्ला प्रवाह छैन मलाई
खुशी बोकि ल्याउने एउटा लहर पठाएको छ

बाँच्दासंँगै मर्दा एउटै चितामा जलुँला प्रिय
संँगैपिएर मर्ने एकगिलास जहर पठाएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्