-सुजता राई
स्कुल जान्छु भन्छिन् छोरी पठाउँ कसरी ?
शिक्षकबाटै हातपात हुन्छ बताउँ कसरी ?
हेर्छन् कोही नजर जुधाई दिलमा बसेर,
भरोसा छैन कसैको यहाँ थपाउँ कसरी ?
नैतिक शिक्षा ग्रहण गर्ने पहिला बाआमा,
घरमा राम्रो माहोल छैन हसाउँ कसरी ?
सबैको सोंच कौशल भए समाज सुन्दर,
खराब धेरै असल थोरै जगाउँ कसरी ?
रहेछ गाह्रो पवित्र नारी भएर जिउन,
मनमा कुरा लुकाई मन नचाउँ कसरी ?