अनुशासन पढौँ

अनुशासन पढौँ

-पारस भट्ट "प्यासी "
हिजो जुनकीरी र
पुतलीमा भनाभन
हानाहान भयो"
सरहरु पनि हेरिरहेका थिए
छक्क परेर
दिक्क मान्दै थिए
मेरो विद्यार्थी कस्तो
अनुशासन नभएका
आफ आफैं भन्दै थिए!
के भएको के तिमी ?
कलेजमा त्यत्रो ठुलो विद्यार्थीले
झगडा गर्ने हो?

ए जुनकिरी ए पुतली
तिमिहरु के भएको भनत?
यत्ती कुरा बुझिराख
बिद्यार्थि जीवन
आकर्षक जुन हो
अनुशासन विद्यार्थीको
गहना , सुन हो !
कलेज आइसके पछि
कापी कलम समाइ सकेपछी !
विद्यार्थीले नम्र भएर बस्नुपर्छ ,
मीठो बोल्नुपर्छ ,
साथी साथी हात मिलाउ
संगै बस संगै खेल
कति रमाइलो छ विद्यार्थी जीवन
अनुशासन त हुनैपर्छ !

अनुशासन नभएको
विद्यार्थीको
महत्व हुदैन है
सम्झिराख बुझिराख ,
जानिराख,
हुनुपर्छ असल , मीठो स्वभाव
नाम राखुँ स्कुल "कलेजको"
नाम राखुँआमा 'बा को
भबिस्य सोचौं, आफ्नो
पढौं, पढौँ राम्रो
पढ्ने क्रतब्य हो हाम्रो
लडौं, साथि लडौँ ,
कलम संग लडौँ
पढौँ साथी पढौँ
अनुशासन पढौँ

सुदुरपश्चिम बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्