एउटा नयाँ होली मनाउ

<span class='c1'>एउटा नयाँ</span> <span class='c2'>होली मनाउ</span>

-सुरज दाहाल
एउटा नयाँ होली मनाउ
रंगहीन सम्बन्धहरु इन्द्रेणी बनुन
वर्षौ अगाडि छुटेका साथीहरु
कहिल्यै नछुटिने त्रिवेणी बनुन
झगडा परेर छुटिएका छर छिमेकी
होलीमा घोलिने मानवताको रंगले चिनुन

आउ,
एउटा यस्तो होली मनाउ
आफै भित्रको होलिका जलाऔ
राधाकृष्णको प्रेम फैलाऔ

एउटा यस्तो होली मनाऔ
सबै घेरा तोडेर भाइचारा देखियोस
एउटा नयाँ होली मनाउने अभ्यास गरौ
मन नपर्ने केहि रंग लगाउने प्रयास गरौ
मलाई भ्रामक रंगहरुको एलर्जी हुनसक्छ
तिमिलाई उन्माद उमंगहरुले नछुनसक्छ
फेरि तिम्रो मुहारमा केहि नया रंग देखियोस साथी
केहि तिम्रो दलको झण्डा र महँगी छोपियोस माथी

एउटा नयाँ होली मनाउने अभ्यास गरौ
मन नपर्ने केहि रंग लगाउने प्रयास गरौ
ऋतुराजलाई केहि नयाँ भाषामा स्वागत गरौ
खोक्रो वर्तमानका बोक्रा सपनाहरूको कुठाराघात गरौ
एउटा नयाँ होली मनाउने अभ्यास गरौ
मन नपर्ने केहि रंग लगाउने प्रयास गरौ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्