सप्तरङ्गी शुभकामना

सप्तरङ्गी शुभकामना

-देवराज तामाङ
जिन्दगीका केही रंग तिम्रा नयनमा हेर्नु थियो
सपनाका केही चित्र तिम्रा चयनमा कोर्नु थियो
अथाहै अस्पर्शनीय तिम्रो प्रेममा
एउटै जिन्दगीमा केही रंग तिम्रो ह्रदयमा भर्नु थियो

तिम्रा रंगहरू हेरेर पोतेका केही चित्रहरू थिए मानकी क्यानभासमा
तिमी र तिमी मात्र थियौ जीवनको आशामा
तिमी बिनाको होलीमा, सबै रंगहरू श्यामस्वेत छन्
सबै उमंगहरू सुकेका गुलाफ झैं मलिन छन्

कुनै बेला प्रेमको कोसी बगेको थियो तिम्रो निर्मल मनमा
अहिले त्यही मन सुख्खा पहाड भएको छ मरुभूमिकरण भएको
तिमी बिनाको जीवन जीवनको सुगन्ध भन्दा टाढा छ
तिमी नहुनुको पीडामा संसारको दुर्गन्धले सताउँदै छ

तिम्रा आँखाका तारा झरेर आकाशमा लुप्त भए
मेरो जीवन अन्धकारमय रातझैं गुम्यो गएर
तिम्री मुस्कानको झरना थियो मेरो आशाको प्यास मेटाउने
अहिले त्यो झरना सुकेको छ, सरगममा मात्रबाट बग्ने

तिमी नहुँदा पूर्णिमाका रातका ताराहरू
सुनसान सडक रुग्ने अर्थहीन बत्ती झैं भएका छन्
चन्द्रमा,
तिम्रो दारुण याद दिलाउने ऐना बनेको छ
म बिनाको होली जिन्दगीकै रङ्गिन बनोस्
तिम्रो नया प्रेम प्रभातको किरणझैं संगिन बनोस्
यो होलीको तिमीलाई सप्तरङ्गी शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्