आगामी वर्षको माघ ११ गते फिल्म ‘अञ्जिला’ रिलिज हुने

<span class='c1'>आगामी वर्षको माघ ११ गते</span> <span class='c2'>फिल्म ‘अञ्जिला’ रिलिज हुने</span>

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिला नै फिल्ममा प्रमुख भूमिकामा छिन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहेको छ । प्रेमकुमार श्रेष्ठ निर्माता रहेको फिल्ममा प्रेमको पनि अभिनय छ ।

फिल्म एञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा छायाङ्कन गरिएको छ । निर्देशक चाम्सले एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा देखाइने बताए । ‘सफल खेलाडी बन्नु अघि एञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ’, उनले भने । उनले ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्