गजल

गजल

- उदय अतीत
तिमीलाई बुझाएर के गर्नु खै
जिवनमा आएर के गर्नु खै

जिन्दगी तहसनहस छ मेरो
सहानुभूति पाएर के गर्नु खै

लडेको मान्छे नउठ्न सक्छ
लडेपछि समाएर के गर्नु खै

बिच यात्रामा छोडेको देख्दा
सोच्छु गुन लगाएर के गर्नु खै

भविस्य नै अन्धकार छ मेरो
बिहान सुर्य उदाएर के गर्नु खै

म गरिब हुँ गरिबमै मर्न देउ
सुन वाला देखाएर के गर्नु खै

देख्छु फर्कि आएको लास
अब परदेश धाएर के गर्नु खै

स्याङ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्