गजल

गजल

-पुष्पा नेपाल (सुवेदी)
भयो के अर्थ बाँचेको हजारौं वेदनाभित्र
थियो यो जिन्दगी मज्जा बितेको बचपनाभित्र

हराएको होइन बाटो छु हिँड्दै लक्ष्यमा पुग्ने
सबै त्यागी डुबेको हुँ म आफ्नै साधनाभित्र

तिमी संसार हौ ठान्थेँ, तिमी नै जिन्दगी मेरो
पराईकी भयौ किन्तु, तिमी छ्यौ सम्झनाभित्र

सधैँ छुट छ ठुलालाई,नियम लाग्छ हुँदा निर्धो
हजारौं कोपिला पर्छन् भ्रमरका यातनाभित्र

दियो धोका नठान्नू छन् तगारा हाल्ने मायामा
तिमी नै छ्यौ प्रिया मेरो हृदयको चाहनाभित्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्