गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-नवराज भट्ट 'कान्छोडिको '
फूल बनेर फूलनु यो त बेगलै कुरा
भँवरा बनेर डुलनु यो त बेगलै कुरा

रहरहरु लत्ताइदिए सपनाहरु टेकी
इंद्रेनी बनेर खुलनु यो त बेगलै कुरा

नदीसंग छाद हालेर रूँछ बगर
तीर बनेर भूलनु यो त बेगलै कुरा

अफठेरोमा नि हास्ने एक म अर्कों तिमी
सुनगाभा बनेर झूलनु यो त बेगलै कुरा

गहिराई नाप्न भनि यात्रा तय गरेछ
नून बनेर घुलनु यो त बेगलै कुरा

हातको ठेला देखेर हेला गर्नेहरुले बुझ
साहू बनेर असूलनु यो त बेगलै कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्