वसन्त ऋतु

<span class='c1'>वसन्त</span> <span class='c2'>ऋतु</span>

-शारदा भट्टराई
हट्दै चिसो मुलुकमा अब ताप आयो
अर्कै नयाँ प्रकृतिले उपमा बनायो
फक्रे मुना रहरले वन कन्दरामा
आयो वसन्त सबका घर आँगनीमा

आकाशले रङ दियो सपना सजाई
मैना चरी अघिबढी अब नाच्नलाई
हावासँगै मधुरले दृढ मोहनीमा
आयो वसन्त सबका घर आँगनीमा

चम्के चमक्क शशि वादल भित्रभित्र
आँखा अगाडि रमिता अति छन् सचित्र
राम्रो छटा प्रकृतिको वह चाँदनीमा
आयो वसन्त सबका घर आँगनीमा

आयो वसन्त ऋतु यो दिन लम्बिएर
फुल्दै गयो कुसुम आँचल पक्रिएर
हावा सुसेल्छ कलिला रुख पालुवामा
आयो वसन्त सबका घर आँगनीमा

धेरै उजाड जग यी हरिया बनाई
डाँफे मुनाल जति छन् वनमा सजाई
मुस्कानको रहरले वन कोपिलामा
आयो वसन्त सबका घर आँगनीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्