गजल

गजल

-देवकोटा तृप्ती(स्पन्दन)
तिम्रै वरिपरि म घुमेर मन बिसाउछु
एकफेरि ती अधर चुमेर मन बिसाउछु

चंनचल नबनाउ त्यो मन काबुमा राख्नपर्छ
बिस्तारै मायाको जाल बुनेर मन बिसाउछु

हजार होईन लाखमा चुनेको मान्छे हौ
जिन्दगी भर तिमिलाइ कुरेर मन बिसाउछु

तिम्रो लागि भनेर साँचेको यो जवानि
पोखिन लाग्यो बैंस थुनेर मन बिसाउछु

चुसेर बैंसको रस फरार हुन्छौ भने
तिम्रो जवानी उल्टै लुटेर मन बिसाउछु

कर्णाली (रुकुम पश्चिम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्