देशकै ठूलो सिनेमा फ्रेन्चाइजसँग थप दुई हल आबद्ध

देशकै ठूलो सिनेमा फ्रेन्चाइजसँग थप दुई हल आबद्ध

काठमाडौं । देशकै सबैभन्दा ठूलो सिनेमा फ्रेन्चाइजसँग थप दुई हल आबद्ध भएका छन् ।

दरबारमार्गस्थित राइजिङ मलको क्युज हल र सामाखुसीको निर्माणाधीन सिटी स्क्वायर मलको हल पनि क्यूएफएक्ससँग जोडिएका छन् ।

क्यूएफएक्स सञ्चालक कम्पनी टिम क्वेस्ट प्रालिका निर्देशक भाष्कर ढुंगाना र सिनेमार्क मुभिजका प्रमुख सुमित मैनालीबीच लिखित सम्झौता भएको छ ।

सम्झौतापछि अब क्युज हलको नाम ‘क्यूएफएक्स राइजिङ मल’ हुनेछ भने सामाखुसी चोकको हलको नाम ‘क्यूएफएक्स सिटी स्क्वायर’ हुनेछ । राइजिङ मलको हललाई दुई साताभित्र क्यूएफएक्सले सञ्चालन गर्नेछ। भने सिटी स्क्वायरको हल वैशाखभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

दुवै हलको व्यवस्थापन क्यूएफएक्सले गर्नेछ । यसबारे क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै दर्शकले नयाँ हलमा पनि मोबाइल एपबाट अनलाइन टिकेटिङ र अनलाइन फुड खरिद गर्न सक्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्