एचबिओले किन्यो ‘द रेड सुटकेस’

एचबिओले किन्यो ‘द रेड सुटकेस’

काठमाडौं । हलिउडको जेठो फिल्म च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ)ले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटिटी वितरण अधिकार किनेको छ ।

एचबिओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको सेटलाइट र ओटिटी वितरण अधिकार किनेको हो ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले ओटीटी अधिकार लिएसँगै लगानी सुरक्षित भएको छ । हलिउडको भेराईटी म्यागेजिनका अनुसार एचबिओले मलेसिया र बु्रनाईमा यो फिल्मको बिक्री वितरण तथा प्रदर्शनको अधिकारी सुराया फिल्मस्लाई बिक्री गरेको छ ।
एचबिओ अन्तर्गत अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया–हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरिया देशमा फिल्म वितरण हुनेछन् । निर्माता पोखरेलले उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि फिल्मको बिक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग बार्ता भईरहेको बताए ।
फिडेल देवकोटाले डेब्यू’ निर्देशनमा बनेको यो फिल्म ‘भेनिस फिल्म फेस्टिभल’को होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो । सो फेस्टिभल रनमा जुरिच र मुम्बई समावेश थिए ।
फिल्ममा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायतको मुख्य भूमिका रहेको छ । आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ ।

फिडेलले यस अघि २०१४ मा सर्ट फिल्म ‘द लास्ट याक हर्डर अफ धे’ र वृत्तचित्र ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्