मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-कमलराज बिष्ट मगर
१,मुक्तक
कतिलाई यौवन साँटेर गुजारा चलेको छ
कतिलाई छलेर, ढाँटेर गुजारा चलेको छ
यो अनौठा पात्रहरुको रंगमञ्च हो महोदय
कही मेरा कुरा काटेर गुजारा चलेको छ

२,मुक्तक
अन्त साईनो जोड्दिन ढुक्क भए हुन्छ।
तिम्रो मुटु नि तोड्दिन ढुक्क भए हुन्छ।
आकासको तारा झारेर दिन नसकुँला म
बस् जिन्दगीभर छोड्दिन ढुक्क भए हुन्छ।

३,मुक्तक
सिधासाधा बनि कति सँग साँट्छौ।
कोही छैन भनी कति सँग साँट्छौ।
हिजो म थिएँ आज अरु कोही छ
खै त्यो मन पनि कति सँग साँट्छौ।

४,मुक्तक
तिमीलाई सताउन धुमधाम मैले गर्ने छैन।
मुटु दुखाउने त्यस्तो काम मैले गर्ने छैन।
खुसी हुनु तिमी जहाँ अनि जता भए पनि
कसम मेरो प्रेमको बदनाम मैले गर्ने छैन।

(पश्चिम)रुकुम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्