गजल

गजल

- सृष्टि सावित्रा
कहिले हत्केला कहिले निधारमा खोज्छौ
भाग्यमा नभएको मान्छे बेकारमा खोज्छौ

खुशी हराएको होइन, लुटिएको हो
थाहा हुँदाहुँदै फेरि बजारमा खोज्छौ

जुन आँखाहरु ओभाउन,पाएका छैनन्
तिमी तिनै आँखाहरु,शृङ्गारमा खोज्छौ

म मलामी गएर भर्खरै फर्किएको हुँ!
फेरि मीठो मुस्कान,अनुहारमा खोज्छौ

सुस्तरी आयौ हिजो,दिलको ढोका सम्म
आज प्रेमको निसानी,हतारमा खोज्छौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्