गजल

गजल

-पुष्पा नेपाल (सुवेदी)
शासक नवीन बस्छन् आसनहरू पुरानै
कानुन भनेर कस्छन् बन्धनहरू पुरानै

फेर्छौँ नयाँ व्यवस्था भन्नेहरू जो जो छन्
गर्छन् सदैव तिनले चिन्तनहरू पुरानै

संस्कार व्यर्थ भन्छन् भद्दा भयो रे आस्था
नौला जोगीले घस्छन् चन्दनहरू पुरानै

बिर्सेर दुःख सारा खोज्दै छु लक्ष्य किन्तु
छन् बाटो छेक्ने मेरा दुस्मनहरू पुरानै

मिल्दैन चैन रत्ती सम्झेर जन्मभूमि
प्यारा थिए नि मेरै आँगनहरू पुरानै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्