तृष्णा

<span class='c1'>तृष्णा</span> <span class='c2'></span>

-शारदा भट्टराई
शीतल तृष्णा सबमा
हुन्छ बनेको जगमा
पूर्ण भरोसा नदिए
साथ कसैले नलिए

मानवताले सिँचिए
काम सबैका बनिए
लोभ र हिंसा नलिए
व्यक्ति खुसीले रमिए

धर्म बुझेको जनका
पाप हटायो मनका
भोक जगाऊ मनमा
दास बनाऊ धनमा

बोट फलेको वनमा
हुन्छ नुहेको जगमा
स्वाद अनेकौँ रसको
खान सदिच्छा सबको

पेट सबैको भरिलो
पार्न सकौँ है दरिलो
क्रोध हटेको जनले
प्रेम समेट्ने मनले

द्वेष नराख्नू कहिले
आत्म सजाऊ जहिले
भाव रहेको उहिले
चेत चढेको अहिले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्