गजल

गजल

-प्रमुना पाैडेल
अचेल मलाई तिम्रो प्रेमको अनुभुती मारामार भएको छ
खै किन हो थाहा छैन तिम्रो तस्बिर पनि गद्दार भएको छ

म बाट टाढिने अनेकाै बाहाना खोज्न थाल्याै तिमी
हो त्यहि दिन देखि तिम्रा यादहरु लगातार भएको छ।

जसलाई विश्वास गरि तन मन सबै सुम्पेको थिएँ
भन तआजकल उसैबाट किन घात बारम्बार भएको छ।

साच्चै मनले रोजेको मान्छे दिनानुदिन टाढिएपछि
लाग्छ अचेल आफ्नै जीवन आफैँलाई भार भएको छ।

हिजो उ धनकै पछि लागेर म गरिबलाई छोडेर गएको
सुन्दैछु धनसँगै उसको जीवन आज होनहार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्