नयाँ वर्ष

<span class='c1'>नयाँ</span> <span class='c2'>वर्ष</span>

-जयन्ता खत्री 'सुधा '
उदासिनता को पर्दा हटाएर
कादम्बरी को स्वर उठाएर
मधुमास लाई बिस्तारै धकेल्दै
सुनौला कोपिला र पालुवा सँग खेल्दै
आउँदैछ
बोकेर सुसमाचार
भेटेर केही आधार
ग्रिष्मा लाई निम्तो दिदै
बितेको शिशिर सम्झिदै
आउँदैछ
छुट्टै रौनक छ छुट्टै आस छ
छुट्टै अपेक्षा छ छुट्टै आभाष छ
कतै भरपुर रहर छ
तेतै मलाई केही डर छ
आउँदैछ
म एक वर्ष ठुली हुनेछु
थाहा छैन हास्ने या रुने छु
मेरो हातमा नयाँ किताब आउनेछन्
झोला छैन आफ्ना केही पाना गुमाउनेछन्
आउँदैछ
गाउँमा खसि काट्ने छन्
बा आमाले भाइबहिनी लाई ढाँट्ने छन्
भाइबहिनीले नयाँ नाना भन्नेछन्
आमा बाहानामा बिमारी बन्नेछन्
आउँदैछ
गत साल पनि यहिँ भएको हो
चाउचाउ खाएर दिन गएको हो
चप्पल चुट्टिदा फिता फेरिएको हो
छानो चुहिदा भित्ता फेरिएको हो
आउँदैछ
फेरि यो साल पनि त्यहि दिन
कतै खुशी बढाउँछ,कतै ऋण
विगत जस्तो कम नहोस् हर्ष
सुखमय होस् सबैको यो नव वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्