गजल

गजल

-रोमा लम्साल "नुरा"
खटिया नयाँ नयाँ छन् पर्दा नयाँ नयाँ छन्
सुरुवात जिन्दगी हो सपना नयाँ नयाँ छन्

सायद होला गुनासो फर्केन मृत्यु भन्ने
हरसाँझ गौंथलीका भाका नयाँ नयाँ छन्

हररात बज्न थाले निद्रा बिगार्नलाई
यी पाउजु चुराका लफडा नयाँ नयाँ छन्

कुन फूल फुल्ने होला भमराको वस्ती भित्र
भरखर सजाइएका गमला नयाँ नयाँ छन्

गर्धनको नाप लिन्छन् अंगालो मार्ने मान्छे
धोका दिनेहरूका तरिका नयाँ नयाँ छन्

जीवन जीवनले जीवन के बुझ्न सक्छ भन्नू
हररात आँसु पुछ्ने तकिया नयाँ नयाँ छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्