नयाँ वर्ष

<span class='c1'>नयाँ</span> <span class='c2'>वर्ष</span>

-सविना श्रेष्ठ
नयाँ वर्षसंगै घरको क्यालेन्डर फेरियो
फुटेका झ्यालको सीसा फेरियो
छिमेकीको घरको तला फेरियो।

आकाशको बर्षातले गति फेरेझै
नदिको छाल फेरियो।
तर किनार फेरिएन
साहुबाको घरको धुरी फेरियो।
हावाले तिब्रता गति फेर्यो।
चरा चुरुङ्गिको गुड फेरियो।
हरियाली बोट बिरुवाको
पात फेरियो।
तर मेरा बा को मुहार
कहिले फेरिएन
मौसम फेरियो
ठुला बडाको गाडिको रङ फेरियो
जंगलै भरी गुराँस फुलेर
पहाडको मुहार फेरियो।
मेरि आमाको फाटेको गुन्यु चोली
कहिले फेरिएन।

देशको नीति फेरियो
नियम अनि कानुन फेरियो
संसद भवनमा ओछ्याएको
कार्पेट फेरियो
नेता ज्युहरुको दौरा सरुवाल
कोट फेरियो।
नेपाली आमाको च्यात्तिएको
झण्डा कहिले फेरिएन।
दिन फेरियो हप्ता फेरियो
मैना फेरियो बर्ष फेरियो
तर मेरो जिन्दगीको यात्रा
कहिले फेरिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्