मुक्तक

मुक्तक

-किस्मत खतिवडा
मुक्तक १
सबैको कल्याण होस्, जय होस् नयाँ वर्षमा
सोचे झैँ जिवन मङ्गलमय होस् नयाँ वर्षमा
विगतको दिन जे जसरी बितेको भएपनि
छिट्टै आ-आफ्नो भाग्योदय होस् नयाँ वर्षमा

मुक्तक २
हरेक क्षण, हरेक पल मिलोस् शुभकामना
प्रत्येक समस्याको हल मिलोस् शुभकामना
यहि आउदै गरेको नयाँ वर्षको दिनबाट नै,,
मेहनत अनुसारको फल मिलोस् शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्