नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

-पारस भट्ट "प्यासी"
षड्यन्त्रकारीको घरमा
भुकम्प आओस्
भ्रस्टाचारको प्रखाल
भत्कियोस्
हत्यारा, बलात्कारिको
टाउकोमा चट्याङ परोस्
चोरको हातमा किराहरुले
बास गरून्
भुँडी भित्र जुकाहरुको
खेलमैदान बनोस्
रिस, डाह कल झगडा
गाउँबाट डाँडा पारी गएर
लक्ष्मी ,शान्ती , सरस्वती
कन्या बुहारी भएर गाउँमा भित्रीउन!

देश बिकास ,परिवर्तन
नहुनुमा चिन्ता नलिइ
आफुले करोडौँ अरबौँ
कोल्याप्स हान्न तिर अग्रसर भइ
पतर पतर भासण दिएर
जनतालाइ मार दिएर
छोराबुहारीलाई घर
गाडी कार दिएर
सोझासाझालाई खाडिको
नाम उपहार दिएर
देश डुवानमा पारिरहेको लुटेराको
जिब्रोमा करेन्ट लागोस्
नाकमा लामखुट्टेले टोकोस्
देशले सुख पाओस!

भिरबाट लडेर
अपराधको खुट्टा भाँचिएर
पर जाउन
समाजका कुरिती
कुसंस्कार छुवाछूत
जातीय भेदभावको
निधन भएर
दिमागका कुविचार
मलामी जाउन
मसानघाटमा घर डेरा होस्!

सकारात्मक सोच
सफा मन
हरेक जनलाइ आनन्दी
मीठो भोजन
खेतवारि अन्न उब्जनीमा वृद्धि
घरमा खुसियाली छाओस्
जीवन रंगिन हुँदै जाओस्
नया बर्ष दुई हजार एकासी
सुभ रहोस्!

सुदुरपश्चिम,बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्