खाडीमा भेटौला !

खाडीमा भेटौला !

-सुमन धमला
बालापनका साथि हामी सँग सँगै पढियो।
सहि ,गल्ती छुटाउदै अत्याचारका
विरुद्ध नी सँगै हामी लडियो।
गोली खाई अब भने मर्नु छैन देशमा
त्यसैले साथी अब खाडीमा भेटौंला!

बाउ आमाले दुख गरी हामीलाई पढाए।
खाई नखाई साँचेको धन सबै हामीलाई नै सकाए।
भनसुन घुस बिना जागिर पाइँदैन देशमा,
त्यसैले साथी अब हामी खाडीमा भेटौंला!

बेरोजगारलाई रोजगार दिने सिस्टम छैन देशमा
त्यसैले नै भन्न गर्छन् नालायक सरकार यसमा,
गरीबलाई छैन देशमा बाँच्ने खाने आधार,
सरकारलाई नै रेमिट्यान्समा चल्ने बानि परेको देशमा
त्यसैले नै साथी हामी अब खाडी मै भेटौंला,

बजार भाउ महँगीले आकाश छुुन लाग्यो।
दिन दुखी गरिबका हाँसो खुशी सबै भाग्यो ।
लुटाहा ,ठग ,धनिमानी मात्रै बाँच्ने देश भयो हाम्रो,
त्यसैले नै साथी हामी अब खाडी मै भेटौंला!

डोजर लगाई सकि सके बारीका ती पाटो,
बेचे खोलानाला ,बगर ढुङ्गा बाँकी राखेन बाटो,
गरौं त खेती मल, जल ,बजार सजिलै पाउँदैन ।
त्यसैले नै साथी हामी अब खाडीमा भेटौंला!

विदेश जान काढेको छु ऋण ब्याज छ चर्को ,
मेरै अघिपछि खाडी जाने हुल धेरै लर्को,
तिर्नु छ साउको ऋण पाल्नु छ परिवार ,
त्यसैले नै साथी हामी अब खाडी मै भेटौंला!

उड्दै छु आज राति गाउँ घर संगीको माया मारी,
बाबू, आमा, साथमा आफ्नै आँखा ओसिलो पारी,

साथी अब हामी चाँडै अब खाडीमा भेटौंला,
मनका सारा दुख पीडा सँगै बसेर मेटौंला ।

सिद्धिचरण नगरपालिका १०,ओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्