इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । उपाधिको होडमा रहेका दुबै टिमले जित हात पारेपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुबैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ ।
फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२औं मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई आग्रता दिलाएका थिए । तर, इञ्ज्युरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पु¥याए ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा रायन ग्राभेनबर्च र ७२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए । अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले पराजित ग¥यो । लियनार्दो ट्रोसार्डले ४५औं मिनेटमा र मार्टिन ओडेगार्डले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दा आर्सनल विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्