फिल्म ‘पूणर्बहादुरको सारङ्गी’मा प्रकाश सपुत

फिल्म ‘पूणर्बहादुरको सारङ्गी’मा प्रकाश सपुत

काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूणर्बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा खुलाइएको छैन । सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ । निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । फिल्म २०८२ मा दर्शकमाझ आउनेछ ।फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ ।

प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र रमेश चौलागाई तथा हरि श्रेष्ठ कार्यकारी निर्माण रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्